बिहीबार, वैशाख १३, २०८१

स्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिह्न लिने, शनिबार घोषणा गर्दै

नेपालखोज २०७९ साउन २६ गते १८:३७

काठमाडौं । विभिन्न ६ दल आवद्ध स्वतन्त्र राजनीतिक शक्ति, नेपालले आगामी साउन २८ गते संयुक्त चुनाव चिन्ह घोषणा गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मंसिरमा हुने चुनावको लागि संयुक्त चुनाव चिन्हको शनिबार राष्ट्रिय सभागृहमा घोषणा गरिने जानकारी दिइएको हो । नवगठिन स्वतन्त्र राजनीतिक शक्ति, नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी, नौलो जनवादी पार्टी आबद्ध छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले स्थानीय तह वा प्रदेश जहाँ गएपनि जनतामा व्यापक असन्तृष्टि बढेको बताए । सोझा नेपालीहरु कान थुनेर बस्न बाध्य भएको उनले टिप्पणी गरे । देशमा परिवर्तनको आवश्यकता रहेको उनको भनाई थियो । खरेलले जनताले ३२÷३३ वर्ष ठुला पार्टीलाई टेस्ट गरेको भन्दै अब जनता बेकुफ नभएको समेत दाबी गरे । उनले भने,‘अबका नागरिकहरुले सही र गतल छुट्टाउने बेला आएको छ, हामीसँग आरोप प्रत्यारोप गर्ने समय छैन् ।’ उनले देशको परिवर्तन गर्न चाहनेहरुलाई शनिबार सभागृहमा उपस्थित हुन आग्रह गरे ।

नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले देशको अवस्था नाजुक भएको भन्दै अब साना–साना शक्तिहरुले बचाउन् पर्ने बेला आएको बताएका हुन् । देशका सबै नागरिकहरु स्वतन्त्र भएर देशलाई जोगाउनुपर्ने बताए । साना दलहरु एक भएर देशलाई सम्पन्न बनाउने र नमुना राष्ट्रको रुपमा चिनाउन खोजेको उनले जिकिर गरे । उनले भने,‘वृद्धिजिवी, वैचारिक व्यक्तिहरुबीच सल्लाह भएर देश बचाउनको लागि एक हुने निर्णय गरेका छौं । नेपाल आमाको छातीमा धेरैले बुट हानेको भन्दै नेपाली नागरिकहरु उठेर एक मुठ्ठा भएर बुछ हाल्नेलाई फाल्न पर्ने उनको भनाई थियो ।

देशलाई माया गर्नेहरु, सबै देशभक्त नागरिकहरु अब एक ठाउँमा आउने बेला भएको भन्दै एक हुन सबैलाई आग्रह गरे । गिरीले एउटै घोषणापत्र, एउटै चुनाव चिन्ह एउटै विचार बोकेर आगामी चुनावमा जाने पनि स्पष्ट पारे । त्यस्तै, स्वतन्त्र अभियान अटेरी समुहका नेता हरी कार्कीले स्वतन्त्र उम्मेदवारहरुलाई भुसको आगोको संज्ञा दिँदै त्यो भुसको आगो बाहिर नदेखिने तर त्यसको प्रभाव धेरै पर्ने बताए । उनले भने, ‘भित्र भित्र सल्किएको आगोले गएको स्थानीय तहको चुनावमा ३ सय बढी स्वतन्त्र उम्मेदवारहरु विजयी हुनुभयो ।’

उनले देश बनाउन लागि परेका वैकल्पिक शक्तिसँग आफुहरु सहकार्य तयार रहेको बताए । एक्लाएक्लै नभई देशभक्त शक्तिहरु एकै ठाउँमा बसेर देशलाई सुधार र विकास गर्न सकिने उनको भनाई थियो । यसैगरी, नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले हाम्रो देश नेपाललाई नेपाली आफैले बनाउन सक्ने बताए । विदेशीले बनाउनु पर्ने आवश्यकता नरहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘हामी खान र लाउन मात्र जन्मिएको होइनौ, जन्मदिने आमा र जन्माउने देशप्रति माया गर्नुपर्छ ।’ त्यस्तै, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले देशको अवस्था परिवर्तन गर्न सबै साना शक्तिहरु जाग्न पर्नेमा जोड दिए । उनले ठुला शक्तिहरुलाई पाखा लगाउन सबै साना शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको पनि बताए । प्रसाईले देशमा परिवर्तन ल्याउनकै लागि आफुले पार्टी समेत छाडेको दाबी गरे । सबैले आफ्नो पार्टी छाडेर स्वतन्त्र राजनीतिक शक्ति, नेपाल निर्माण गरेको जानकारी दिए ।

उनले स्वतन्त्र राजनीतिक शक्ति, नेपालले देशको राष्ट्रिय झण्डा बोकेर जनतामाझ जाने र देश नबनाउने दलहरुलाई पाखा लगाउने पनि जिकिर गरे । उनले भने,‘आगामी चुनावमा २१ लाख २२ हजार मत ल्याएर समानुपातिक भोट ल्याएर दोस्रो ठ्लो दल बन्छौ । यसबारेमा हामीले सर्वेक्षण गरिसकेका छौ ।’

उनले ठुला दलहरु भाले जुधाईमा लागेको भन्दै तिनलाई आफुहरुको पार्टीले हराउने बताए । उनले भने, ‘हामी मिलेर गयौ भने देशको ठुलो पार्टी बन्नेछ , स्वतन्त्र राजनीतिक शक्ति हो, यो चिल हो । यीनीहरुलाइै थ्ुत्ने चिल हो, चिल बन्नका लागि हामी प्रयास गरिरहेका छौं ।’ चुनाव चिन्ह बारे शनिबार घोषणा गरिने उनले जानकारी दिए । सबैले अंहकार छाडेर मिल्नुको विकल्प नरहेको भन्दै उनले साना–साना पार्टीहरुलाई अहंकार नगर्न पनि आग्रह गरे । नयाँ लुगा लगाउन पुरानो वस्त्र छाड्नै पर्ने उनको भनाई थियो ।

उनले भने रवि लामिछानेको पार्टीमा केन्द्रीय सदस्य भएर बस्न चाहेको समेत स्पष्ट पारे । लामिछानेको एक्लो प्रयासले मात्र सफलता नपाउने भन्दै आफूहरुसँग मिल्न आग्रह गरे । त्यस्तै, प्राकृतिक पार्टीको अध्यक्ष भगवती पौडेलले नेपालीहरु जताततै बाट असुरक्षित भएको बताइन् । उनले भनिन्,‘देशमा न धर्म बचाउन सकियो, न त राष्ट्रियता बचाउन ।’ उनले अन्यायको विरुद्ध लड् आफुले पार्टीको स्थापना गरेको बताइन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई मत दिएर सहयोग गर्न सारा नेपालीलाई आग्रह गरिन् ।

प्रतिक्रिया