आइतबार, वैशाख २८, २०८२

झापामा डुबेर दुई बालबालिकाको मृत्यु

नेपालखोज २०७९ साउन २७ गते ७:०५
प्रतीकात्मक तस्बिर ।

बनियानी । झापाको शिवसताक्षी नगरपालिका ९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।

शिवसताक्षी ९, आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी ९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गएराति शिवसताक्षी ७, सताक्षी खोलामा दुवैजना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए । -रासस

प्रतिक्रिया