शुक्रबार, वैशाख १४, २०८१

अभिनेता अनुपविक्रम शाहीले गरे कांग्रेस प्रवेश

नेपालखोज २०७९ साउन २७ गते १०:४२

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । हजारै चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए ।उनले भने, ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ । कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

प्रतिक्रिया