बिहीबार, चैत १५, २०८०

नेपाल लाइफ इन्स्योरेन्सको नोक्सानी ३५ करोड !

नेपालखोज २०७९ साउन २७ गते ११:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ । त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बिमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ भने १७३ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रतिक्रिया