आइतबार, वैशाख २३, २०८१

थपिए ७८१ संक्रमित, २ जनाको मृत्यु

नेपालखोज २०७९ साउन २७ गते १५:४६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ७८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय १२ जनाको नमुना परीक्षण गर्दा ७८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार २९० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५११ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ७७५ पुगेको छ ।

प्रतिक्रिया