बिहीबार, वैशाख १३, २०८१

नेप्से २०३७.९२ अंकमा, सातामा १२ अर्ब ४ करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन २८ गते १२:४८

काठमाडौं । यो साता नेप्से दुई हजार ३७ दशमलव ९२ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ६७ अंकमा सीमित भएको छ ।

सातामा दुई सय २३ कम्पनीको दुई लाख सात हजार चार सय ७३ पटकको कारोबारमा तीन करोड दुई लाख १९ हजार चार सय ५३ कित्ता सेयर किनबेच भएको छ । जसकारण कुल कारोबार रकम १२ अर्ब चार करोड २० लाख ९८ हजार नौ सय ७७ रुपैयाँको पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।

गत साता भने नेप्सेमा दुई सय २० कम्पनीको तीन लाख ३९ हजार नौ सय ७६ पटकको कारोबारमा पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता २३ अर्ब ४२ लाख ६३ हजार एक सय ६ रुपैयाँको सेयर किनबेच हुन पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन मात्र खुला रहेकामा जसमध्ये पहिलो दिन बढेको नेप्से दोस्रो, तेस्रो, चौथो र पाँचौं दिन भने लगातार घटेको थियो ।

सोमध्ये पहिलो दिन १० दशमलव २७ अंकले बढेर २१ सय २३ दशमलव ८२ अंकमा पुग्न सफल भएको नेप्से पाँचौं कारोबार दिन भने १८ दशमलव ९६ अंकले घटेर दुई हजार ३७ दशमलव ९२ खुम्चिन पुगेको थियो । यसबाहेकका बाँकी दिनमा पनि नेप्से लगातार घटेको थियो ।

यसैगरी पहिलो दिन तीन दशमलव एक अंकले बढेर चार सय नौ दशमलव ५५ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स पाँचौं कारोबार दिन भने चार दशमलव आठ अंकले घटेर तीन सय ९१ दशमलव ६७ अंकमा खुम्चिन पुगेको थियो । यीबाहेकका बाँकी दिनहरुमा भने सेन्सिटिभ इन्डेक्स लगातार घटेको थियो ।

यो साता शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया