कुनै अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छ : बालेन शाह
नेपालखोज
२०७९ साउन २९ गते ७:४०

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुनै अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन् । शनिबार फोहोर बोकेका १५२ गाडी धादिङको बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल्ड साइटमा पुगेको जानकारी दिँदै उनले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिने बताएका हुन् ।
शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको बालेनको भनाई छ । ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन् ।’
सम्बन्धित








प्रतिक्रिया