शुक्रबार, चैत १६, २०८०

इंग्लिस प्रिमियर लिग : युनाइटेडकाे अर्को लज्जास्पद हार

नेपालखोज २०७९ साउन २९ गते ८:५३

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को लज्जास्पद हार ब्यहोरेको छ । युनाइटेड ब्रेन्टफोर्डसँग चार शून्यको भारी अन्तरले पराजित भएकाे हाे । 

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा नै ब्रेन्टफोर्डले चार गोल गरेको थियो । दुई खेलमा पाँच गोल खाएको युनाइटेड अहिले पुछारमा रहेको छ । युनाइटेडविरुद्ध ब्रेन्टफोर्डको यो ऐतिहासिक जित हो । यसका साथै नयाँ प्रशिक्षक इरिक टेन हागको प्रिमियर लिग यात्रा निकै खराब भएको छ ।

पुरै खेलमा ६७ प्रतिशत बल पोसेसन बनाएको युनाइटेडले कुल १५ वटा सट प्रहर गरेपनि गोल गर्न सकेन । जसका कारण युनाइटेड अंक बिहिन अवस्थामा छ । 

प्रतिक्रिया