‘कांग्रेसले बोलेरभन्दा पनि काम गरेर देखाउने बेला आएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले आफूले गरेका कामबारे प्रचार गर्ने नसकेको बताएका छन् ।
उनले यतिका परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउने गरी छलफल चलाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र १ को प्रशिक्षण कार्यक्रममा नेता सिंहले मुलुकमा राजनीति परिवर्तन आइसकेकाले अब जनताले अनुभूत हुने गरी आमनागरिकको जीवन सहज हुने गरी आर्थिक सम्पन्नतातर्फ केन्द्रित हुनुपर्ने बताए । कांग्रेसले बोलेरभन्दा पनि काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।
जनताको जनादेशको अवमूल्यन गर्ने अहिले परमादेशको कुरा गर्नु गलत भएको उनले बताए । उनले कांग्रेस अरु पार्टीजस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थिति सम्हाल्दै अगाडि बढेको बताए । कांग्रेसले अब आर्थिक सम्पन्नता अभियानको कार्यक्रमसहितको एजेन्डा लिएर जनतामा जाने पनि नेता सिंहले बताए ।








प्रतिक्रिया