बिहीबार, वैशाख १३, २०८१

संसद्‌मा पेस भएको ४ वर्षपछि बिमा विधेयक पारित

नेपालखोज २०७९ साउन २९ गते १५:२६

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकले बिमा विधेयक-२०७९ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बिमा विधेयक-२०७९ बहुमतले पारित भएको हो । यो विधेयक ४ वर्षपछि पारित भएको हो । विधेयक २०७५ असार २७ मा संसद्‌मा पेस भएको थियो ।

प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पेस गरेको विधेयकको संशोधन प्रस्तावसहितको प्रतिवेदन पनि पारित गरेको छ ।

संसद्‌मा विधेयकको संशोधन प्रस्तावमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा ऐन-२०७४ को कुनै पनि व्यवस्थालाई हस्तक्षेप नगरेको बताए ।

प्रतिक्रिया