बुधबार, जेठ २, २०८१

ललितपुरको टौखेलमा एभरेष्टको ११८औं शाखा

नेपालखोज २०७९ साउन २९ गते १८:१७

ललितपुर । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८औं शाखा स्थापना गरेको छ ।

शाखाको उदघाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन् । उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्परत्न शाक्य, गोदावरी नगरपालिका ३ का वडाध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्वय केशवराज पौडेल तथा आषुतोश शर्मा, बैंकका वाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले टौखेलका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक छन् । देशैभर छरिएर रहेको बैंकका ११८ शाखा सन्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस सुविधा प्रदान गर्दै आइरहेको छ । एभरेष्टले सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया