मंगलबार, पुष ८, २०८२

रुपन्देहीमा गोली प्रहारबाट एक युवक सख्त घाइते

नेपालखोज २०७९ साउन ३० गते ८:०४

काठमाडाैं । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका विकास गुरुङ घाइते भएका हुन् ।

रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासस्थित सिद्धर्थ कटेजमा गए राति करिब ११ बजे उक्त समूह लुटपाट गरी भाग्दै थियो । त्यही बेला ओमसतियाको वसन्तपुर वडा कार्यालयअगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको गुरुङनिकट स्रोतले जनाएको छ । लुटेराहरूले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ ।

प्रतिक्रिया