शुक्रबार, वैशाख १४, २०८१

बन्चरेडाँडा र सिसडोलका बासिन्दाकाे अवराेध : बाटोमै रोकिए काठमाडौंको फोहोर बोकेका गाडी

नेपालखोज २०७९ साउन ३० गते १०:०६
फाइल तस्बिर

काठमाडाैं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई बीच बाटोमै रोकिदिएका छन् । स्थानीय नागरिक र स्थानीय राजनीतिक दलले अवरोध गरेका हुन् ।

आइतबार सत्तारुढ तीन दलका नेताले धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति जारी गर्दै बञ्चरेडाँडामा सधैंका लागि फोहोर लैजान नदिन पत्राचार गरेका थिए । स्थानीय नागरिकले भदौ १ गतेदेखि सधैंका लागि फोहोर लैजान नदिने घोषणा गरेका छन् ।

प्रतिक्रिया