बुधबार, जेठ २, २०८१

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी

नेपालखोज २०७९ साउन ३० गते १३:२०

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् । बौगिन भिल्ला इभेन्टसमा सम्पन्न साधारणसभाले बोगटीलाई तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिल कु. विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् । त्यसैगरी सदस्यमा प्रमेश विसुन्के, राजन रम्तेल, योगेशकुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का रहेका छन् ।

नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष वासु रोक्का (नेपाली) को अध्यक्षमा भएको साधारणसभाको प्रमुख अथितिमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा रहेका थिए ।

त्यसैगरी कार्यक्रममा व्यापार तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत मेघनाथ रिजाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ र नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यलगायत उपस्थित थिए ।

प्रतिक्रिया