बिहीबार, जेठ ३, २०८१

आईएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

नेपालखोज २०७९ साउन ३० गते १३:३०

काठमाडौं । आईएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सीधै आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् ।

कम्पनीका अनुसार २०७९ साउन २७ देखि भदौ १० गतेसम्म कायम हुने यो अफरमा हरेक साता १-१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् ।

आईएमई लिमिटेडका बारेमा :
स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २३० आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब ३५ हजार सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दु:ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो-छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

‘आईएमई पे’ बारे :
‘आईएमई पे ’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो । झन्डै ३५ हजार एजेन्ट आउटलेट सन्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्स्योट विनियमावली- २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सन्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिल भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास-ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । १५ लाखभन्दा बढी ग्राहकले सीधैं ‘आईएमई पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सन्जालमार्फत लाखौँ सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

प्रतिक्रिया