शुक्रबार, चैत १६, २०८०

नेदरल्यान्ड पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७९ साउन ३० गते १९:५५


काठमाडौं । नेदरल्यान्ड पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा खोटाङ बाह्रपोखरी गाउँपालिका–५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने मुन ह्युङमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रुपमा काममा लगाइदिन्छु, सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएकोले पक्राउ गर्न वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया