देशभर आंशिकदेखि सामान्य बदली रहने, तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाकाे छ । अहिले देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विचागले जनाएकाे छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।








प्रतिक्रिया