प्रिमियर लिगमा लिभरपुलको दोस्रो बराबरी
नेपालखोज
२०७९ साउन ३१ गते ८:४५

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । क्रिष्टल प्यालेससँग १ गोलले पछि परेको लिभरपुलले बराबरी गर्दै १ अंक लिएको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुल ३२औं मिनेटमा पछि परेको थियो । क्रिष्टलका विलफर्ड जाहाले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । तर त्यसअघि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । बराबरी पछि लिभरपुलले दुई खेलमा २ अंक जोड्दा क्रिष्टलले २ खेलमा १ अंक जोडेको छ ।
सम्बन्धित
प्रतिक्रिया