एनआईसी एशियाले गर्यो ३० लाख रुपैयाँको बिमा दाबी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका तीनजना ग्राहकको दुर्घटनामा परि मृत्यु भएकाले बिमा लाभअन्तर्गत मृतक खातावालका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले कुल ३० लाख रुपैयाँ बिमा रकम दाबी भुक्तानी गरेको छ ।
बिमा लाभ प्राप्त गर्नेमा त्रिपुरेश्वर शाखामा केएमसी एम्बासडर बचत खाता खोलेका स्व. शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंकप्रसाद घिमिरेकी श्रीमती डिली मै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञानबहादुर चौधरीकी श्रीमती अनिता चौधरी रहेको बैंकले जानकारी दिएको छ ।
निज खातावालहरूको हिताधिकारीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सुदूरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक-फरक कार्यक्रममा बिमा रकमबराबरको चेक हस्तान्तरण गरे । बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ भन्दा बढी ग्राहकले घातक रोग बिमाबापत दुई करोड ४० लाख, दुर्घटना बिमाबापत ७० लाख र मेडिकल बिमाबापत तीन-तीन करोड तीन लाख गरी कुल ६ करोड १३ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।
देशको दूरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशियाले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा चार जनालाई पाँच वर्षका लागि ८४ लाखसम्मको बिमा सुविधा रहेको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । साथै सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका तीन बिमा (१८ वटा घातक रोगको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता योजना ल्याएको छ । बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई-कमर्स नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस/सी आईपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवा ग्राहक एवं निजले मनोनीत गरेका अन्य ३ व्यक्तिका लागि समेत पाँच वर्षका लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
३५९ वटा शाखा कार्यालय, ४७३ एटीएम, एक सय दुई विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सन्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष/अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको छ । जुन समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौं ठूलो योगदान छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गमका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।








प्रतिक्रिया