शनिबार, जेठ ५, २०८१

२४ अंकले नेप्से घट्दा २ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ साउन ३१ गते १५:३४

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ५५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने २४ दशमलव ८३ अंकले घटेर दुई हजार ४१ दशमलव छ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले घटेर तीन सय ९४ दशमलव ३९ अंकमा झरेको छ ।

नेप्सेमा मंगलबार दुई सय २१ कम्पनीको ४३ हजार तीन सय ९२ पटकको कारोबारमा ६४ लाख ६ हजार सात सय ३८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ७३ अर्ब ४८ लाख ५३ हजार ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा १३ वटै समूहहरूको सूचक घटेर नेप्से पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ४२ अंकले घटेर १३ सय ५२ दशमलव ४८ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय एक दशमलव चार अंकले घटेर तीन हजार ६ सय ६७ दशमलव ७४ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि ७९ दशमलव दुई अंकले घटेर दुई हजार चार सय ११ दशमलव ३१ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि एक सय ४२ दशमलव एक अंकले घटेर आठ हजार एक सय ६८ दशमलव २७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ८६ दशमलव ५९ अंकले घटेर नौ हजार चार सय २९ दशमलव ९२ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा मंगलबार अपर हेवाखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर एक सय ८७ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ६२ प्रतिशतले घटेर १८ हजार एक सय ९१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज (मंगलबार) रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय २८ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड ८२ लाख ४७ हजार आठ सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया