‘भारतले घटाएर पठाए पनि पेट्रोलको मूल्य घट्दैन’
महानिर्देशक थानी भन्छन्, निगमको घाटा रहेसम्म यो मूल्य यथावत रहन्छ
नेपालखोज
२०७९ साउन ३१ गते १८:२४

काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि आयल निगमले पेट्रोलको मूल्य नघटाउने भएको छ ।
मंगलबार निगममा आयोजित पत्रकार सम्मेलनमा घाटा यथावत रहेकाले अहिले मूल्य नघटाउने निर्णय गरेको निगमका महानिर्देशक उमेश प्रसाद थानीले बताएका हुन् ।
घटेरै आएको मूल्यमा पनि निगम मासिक ६२ करोड रुपैयाँ घाटामा रहेको भन्दै उनले निगमको घाटा नबेहोरिउञ्जेलसम्म यो मूल्य यथावत राखिने बताए ।
अहिलेको मूल्यमा बेच्दा पनि पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफामा भएपनि डिजेलमा भने ४ रुपैयाँ ५० पैसा घाटा रहेको उनको भनाइ छ । त्यस्तै एलपीजी ग्यासमा प्रतिसिलिन्डर करिब ५०० रुपैयाँ घाटा रहेको पनि थानीले बताए ।
सम्बन्धित








प्रतिक्रिया