प्रभु क्यापिटलले सार्वजनिक गर्याे हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही साउन ३१ गते मंगलबार प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा उक्त सम्झौंता भएको हो ।
यो योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा प्रभु क्याप १० उल्लेख गर्नु पर्ने छ । यसैगरी क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोड हाउस पिजा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नु पर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया