नेदरल्यान्डस पाकिस्तानसँग १६ रनले पराजित
नेपालखोज
२०७९ भदौ १ गते ९:३३

काठमाडाैं । नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गयराति भएको खेलमा पाकिस्तानले नेदरल्याण्ड्स १६ रनले पराजित गरेको हो ।
पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनाएको थियो । जवाफमा नेदरल्याण्ड्स पुरै ओभर खेल्दै ८ विकेट गुमाएर १९८ रनमा रोकिन पुग्यो । जितसँगै ३ म्याचको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया