बागबजारमा ५७ जनाले गरे रक्तदान

नेपालखोज २०७९ भदौ १ गते ११:३१

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको बागबजारमा गरिएको रक्तदान कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको पनि सहभागिता थियो ।

कार्यक्रममा रामकृष्ण श्रेष्ठ, नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ वाग्मती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्कीलगायतको उपस्थिति रहेको कार्यक्रमका सभापति चन्द्र रणपहेलीले जानकारी दिए ।

कोभिडको बढ्दो संक्रमण भइरहेको अवस्थामा बिरामीको उपचारमा सहजता मिलोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य जानकारी गराए ।

प्रतिक्रिया