‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन’

नेपालखोज २०७९ भदौ १ गते १४:१०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन् । विवादमा अल्झिनुभन्दा सबै सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ अध्यक्ष थापाले ट्‌विटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन । गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’

धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया