नक्कली पैसा दिई नगद ठगी गरेको अभियोगमा तीनजना पक्राउ

नेपालखोज २०७९ भदौ १ गते २०:२०

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँबसपार्कमा नक्कली पैसा दिई नगद १२ हजार रुपैयाँ लिइ ठगी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने ३२ गुल्मी इस्मा गाउँपालिका–६ घर भएका ३२ वर्षीय लक्ष्मण कुमाल सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही सुद्धोधन गाउँपालिका–१ मुर्गिया घर भएका २२ वर्षीय पुरूषलाई बिभिन्न बहाना बनाई कागजको नक्कली रुपैयाँ दिई नगद ठगी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले नगद ३९ हजार रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया