प्रतिनिधिसभा बैठक : राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पारित गर्ने तयारी

नेपालखोज २०७९ भदौ २ गते ६:२८

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएकाे छ ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ ।  संसद्ले विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्रविचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् ।

यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो । 

प्रतिक्रिया