शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ भदौ २ गते १०:५२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबारछापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया