शुक्रबार, वैशाख १४, २०८१

बिलाउने मानिस !

दिनेश यादव २०७९ भदौ २ गते ११:३२

ऊ मानिस हो,
घरी घरी बिलाउँछ,
अरूको छायाँमा,
ऊ उँभिदा,
आफैं बिलाउँछ (१)

ऊ मानिस हो,
छायाँ आफ्नो बनाउँदैन,
आफ्नै बनाउन त,
घाममा आफैं उभिनुपर्छ,
त्यसो नगर्दा ऊ बिलाउँछ (२)

ऊ मानिस हो,
छिटो उचाइमा पुग्न,
ऊ जनजनलाई धिक्कार छ,
तर, नेताको तलुवा चट्टाईमा,
ऊ आफैं बिलाउँछ (३)

ऊ मानिस हो,
धरातल बिर्सेको छ,
आकाश बेली बन्न,
बेस्सरी लत्रिँदा,
ऊ आफैं बिलाउँछ ( ४)

प्रतिक्रिया