शुक्रबार, चैत १६, २०८०

यी हुन् धरानका मेयर हर्कका सयदिने काम

नेपालखोज २०७९ भदौ २ गते १२:१८

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले कार्यकालको पहिलो एक सय दिनको प्रगती सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जाल मार्फत मेयेर बनेर एक सय दिनमा गरेका कामहरुको बारेमा जानकारी दिएका हुन् ।

मेयर बनेर पहिलो एक सय दिनमा के गरिस् भन्नेलाई उत्तर भन्दै उनले आफूले गरेका १३ वटा कामको बारेमा जानकारी दिएका छन् । जसमा उनले पहिलो नम्बरमा श्रम संस्कृतिको क्रान्ति सुरुवात गरेको बताएका छन् । त्यस्तै चार खानेपानी मुहान थप्ने, ६ लाख विरुवा रोप्ने, सरसफाइमा सुधार, शान्ति–सुरक्षामा सुधार, बाटो निमार्ण, शिक्षा स्वास्थ्यमा सुधार लगायतका काम भएको जानकारी दिँदै मयेर सम्पाङले सामाजिक सन्जालमा लेखेका छन् :
१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर :
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेँ
२. चार ठाउँबाट खानेपानीको मुहान थपेँ
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपेँ
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेँ
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९. लागुऔषध विरुद्धको अभियान शुरु गरेँ
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब-किताब सार्वजनिक गरेँ
१२. पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

हर्क साम्पाङ धरान उपमहानगरपालिका स्वतन्त्र मेयर हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई हराउँदै उनी २०,८२१ मत ल्याएर निर्वाचित भएका हुन् ।

प्रतिक्रिया