मंगलबार, चैत ६, २०८०

बन्चरेडाँडामा फोहोर फाल्न आज पनि अवरोध, पक्राउ परेकालाई रिहा गर्न माग !

नेपालखोज २०७९ भदौ २ गते १२:०७
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

काठमाडौंबाट ६० टिपर फोहोर आज बन्चरेडाँडा पठाइए पनि स्थानीय बासिन्दाले बुधबार पक्राउ परेका स्थानीयलाई छाड्न माग गर्दै फोहोर बोकेका गाडीलाई बाटोमै रोकेका हुन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाइ गर्न माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि अवरोध गरेका हुन् ।

नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनबेंसी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रहरी अधिकारीसहित बसेर बुधबार चारबुँदे सहमति गरिएको थियो । सहमतिमा पक्राउ परेकालाई रिहाइ गर्ने विषय उल्लेख नभएपछि स्थानीयले फोहोर बोकेर गएका गाडीमा अवरोध गरेका हुन् । उपत्यकाको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित भएको छ ।

प्रतिक्रिया