ज्ञवालीले भने- नागरिकता विधेयक टाउको गिन्ति गर्ने विषय होइन
नेपालखोज
२०७९ भदौ २ गते १३:४१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ । प्रतिनिधिसभामा आज (बिहीबार) राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि सुरु भएको छलफलमा ज्ञवालीले संसद नियमावलीअनुसार सांसदलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने जोड दिए ।
उनले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरेका छन् । राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने उनले बताए । सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’
सम्बन्धित

प्रतिक्रिया