मंगलबार, चैत ६, २०८०

नेप्सेमा करेक्सन, २७ अंकले बढ्दा २ अर्ब ५ करोडको कारोबार

नेपालखोज २०७९ भदौ २ गते १५:३२

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन शून्य दशमलव ३६ अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन बिहीबार भने २७ दशमलव ५६ अंकले बढेर दुई हजार ६८ दशमलव २६ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४१ अंकले बढेर चार सय दशमलव आठ अंकमा चढेको छ ।

दुई सय २० कम्पनीको ४१ हजार पाँच सय ७१ पटकको कारोबारमा ५१ लाख एक हजार दुई सय ९० कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट आज (बिहीबार) कुल कारोबार रकम दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहीबार १३ समूहको कारोबार हुँदा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ६१ अंकले बढेर १३ सय ५६ दशमलव ३४ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक एक सय १७ अंकले बढेर तीन हजार आठ सय १० दशमलव ४९ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ७२ दशमलव ३४ अंकले बढेर दुई हजार चार सय ९९ दशमलव ९६ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ५६ दशमलव पाँच अंकले बढेर आठ हजार दुई सय ५७ दशमलव ८६ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ५२ दशमलव ३१ अंकले बढेर नौ हजार चार सय ४९ दशमलव ३५ अंकमा चढेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज (बिहीबार) मन्दाकिनी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ८७ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबीएल प्रगति फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ८० प्रतिशतले घटेर नौ रुपैयाँ १२ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ४३ लाख ५८ हजार आठ सय ५५ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया