बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुग्याे, केही दिनमै सबै फोहोर उठाइने

नेपालखोज २०७९ भदौ २ गते २१:०५

काठमाडाैं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हाे ।

काठमाडौं महानगरका मेयर बालेन शाहले फेसबुकमार्फत भनेका छन् ‘अहिलेको अवस्था कायम रहे केही दिनमा सबै फोहोर उठिसक्ने छ र हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रक रहेकाले जो कसैले थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन सक्ने छन् ।’ ट्रिपर, ट्रकजस्ता ठुला मेसिनरीका व्यवसायीहरूको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिने उनको भनाइ छ । 

प्रतिक्रिया