शुक्रबार, असोज २१, २०७९

जिम्बावेविरुद्धको एक दिवसीयमा भारतको सानदार जित

नेपालखोज २०७९ भदौ २ गते २१:२०

काठमाडाैं । जिम्बावेविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले शानदार सुरुवात गरेको छ । आज भएको खेलमा भारतले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको हो ।

भारतले वेस्टइन्डिजविरुद्धको एक दिवसीय क्रिकेटमा लगातार १३औं जित दर्ता गर्न सफल भयो । खेलमा भारतीय कप्तान केएल राहुलले टस जितेर पहिला बलिङ रोजेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४०.३ ओभर खेल्दै १८९ रनमा सवै विकेट गुमाएको थियो ।

जवाफमा भारतले ३०.५ ओभरमा विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । जीतसँगै ३ म्याचको सिरिजमा भारत सिरिजमा १–० ले अघि बढेको छ । पहिला ब्याटिङ गरेको जिम्वावेले १८९ रन बनाउँदा रेगिस चाकावाभाले सर्वाधिक ३५ रन बनाउँदा ब्राड इभानले ३३ रनको नटआउट पारि खेले ।

प्रतिक्रिया