तनहुँमा करेन्ट लागेर बाबुछोराको मृत्यु, आमा घाइते
नेपालखोज
२०७९ भदौ ३ गते ८:२४

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका २, कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबुछोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छन् ।
विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका ५ घर भई शुक्लागण्डकी नगरपालिका २, कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् ।
करेन्ट लागेर तीनैजना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया