मंगलबार, चैत ६, २०८०

सरकारको थाप्लोमा ऋणै-ऋणको भारी

एक वर्षमा थपियो दुई खर्ब ३१ अर्ब ३० करोड ऋण, कुल तिर्न बाँकी ऋण २० खर्ब ११ अर्ब

नेपालखोज २०७९ भदौ ३ गते १५:४२

काठमाडौं । मुलुकको अर्थतन्त्र कमजोर भए पनि सरकारको थाप्लोमा भने ऋणको भारी बढ्दै गएको छ । एक आर्थिक वर्ष अर्थात् ०७८/७९ मा मात्र सरकारको थाप्लोमा दुई खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ ऋण थपिएको हो । यसरी थपिँदा उक्त आवमा सरकारले ऋणको सावाँँबापत मात्र ४७ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ । यस अवधिमा सरकारले एक खर्ब ८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ ।

नेपाल राष्ट्र बैकका अनुसार सरकारले एक वर्षमा परिचालन गरेको ऋण कुल गार्हस्थ्य उत्पादनको तीन दशमलव आठ प्रतिशत हुन आएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारले एक खर्ब २२ अर्ब दुई करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ । २०७९ असार मसान्तमा सरकारको कुल तिर्न बाँकी वाह्य ऋण १० खर्ब २७ अर्ब ३० करोड र आन्तरिक ऋण नौ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार यी दुवै गरी कुल तिर्न बाँकी सरकारी ऋण २० खर्ब ११ अर्ब ५८ करोड पुगेको छ । आर्थिक वर्ष ०७८/७९ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१ दशमलव पाँच प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अनुपात ४० दशमलव ६ प्रतिशत रहेको थियो ।

यस्तो छ सरकारले बोकेको ऋणको भारी :

प्रतिक्रिया