नेप्सेमा सामान्य अंकले गिरावट,चार अंकले घट्दा पाँच अर्ब ६६ करोडको शेयर किनबेच
काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से चार अंकले घटेर २५ सय ७६ दशमलव ७६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले घटेर चार सय ५९ दशमलव ९२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ८० हजार तीन सय ७८ पटकको कारोबारमा एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव १६ अंकले बढेर १४ सय ६२ दशमलव ४२ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि २० दशमलव ७८ अंकले बढेर १२ हजार नौं सय ५० दशमलव ६२ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक भने छ दशमलव ४१ अंकले घटेर पाँच हजार ८७ दशमलव ५३ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ८३ दशमलव ६१ अंकले घटेर तीन हजार २४ दशमलव ९० अंकमा झरेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ७१ अंकले घटेर ३१ सय ९० दशमलव ७० अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव ६५ अंकले घटेर १२ हजार पाँच सय २४ दशमलव १७ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुवित्त वित्तीय संंस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीह्रुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ ।
प्रतिक्रिया