शुक्रबार, चैत १६, २०८०

चौबीस घण्टामा ६२३ संक्रमित, ४८७ जना निको

नेपालखोज २०७९ भदौ ३ गते १६:११

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६२३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु संख्या शून्य रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ९ सय ४५ जनाको नमुना परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जनामा र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४८७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार २५ पुगेको छ ।

प्रतिक्रिया