शुक्रबार, वैशाख १४, २०८१

फेसन गतिविधिमा कोरोना प्रभाव : भर्चुअल सिकाइ, कन्टेस्ट र वेबिनार

राेजिन शाक्य २०७८ वैशाख २ गते १२:२१


काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ को प्रभाव बढेसंगै नेपाल सरकारले लकडाउन, शटडाउन, निषेधाज्ञा जारी ग¥यो । नेपाली समाजको सबै क्षेत्र उत्तिकै प्रभावित बन्यो, फेसन र मोडलिङ क्षेत्र पनि त्यसबाट अछुतो रहेन । वर्ष २०७७ को करिब ६ महिनाको अवधि फेसन मोडलिङ गतिविधि पूर्णरुपमा ठप्प रहन पुग्यो भने यो सम्बन्धित सिकाइ पनि संचालनमा आउन सकेन ।

एकाधलाई छोडेर एसईइ संग सम्बन्धित भएर देशैभरि घोषणा गरिएका मिष्टर एण्ड मिस एसईइ प्रतियोगिताहरु अघोषित रुपले खारेज झैं भएको अवस्था रह्यो । कोरोना महामारी पूर्व तयारी प्रारम्भ भएका र प्रशिक्षणको फ्लोरमा आएका अधिकांश कार्यक्रमहरु संचालनमा आउन सकेनन् भने एकाधले औपचारिकता मात्र पूरा गरी विजेता चयन गर्ने काम ग¥यो ।

भर्चुअलमा फेसन सिकाइ र फेसन वेभिनार संचालनमा

पूर्वाञ्चल विश्वविद्यालयको सम्बद्धता प्राप्त नमुना कलेज अफ फेसन एण्ड टेक्नोलजीले लकडाउनको मध्य समयतिरबाट फेसनको भर्चुअल सिकाइ आरम्भ ग¥यो । भर्चुअल अर्थात् सिकाईमा प्रयोगात्मक विषयहरु संभव नभएकाले फेसन संग सम्बन्धित सैद्धान्तिक र भर्चुअलमै पनि बुझ्न र बुझाउन सकिने केही प्रयोगात्मक पक्षहरु नमुना कलेजको भर्चुअल फेसन सिकाईमा संचालनमा आए । जूम एप मार्फत् फेसन सिकाइ संचालन गरेको नमुना कलेजले मूडल नामक अर्को एपलाई पनि आफ्नो सिकाइअन्तर्गत प्रयोगमा ल्याएको थियो । यसैगरी पूर्वाञ्चल विश्वविद्यालयकै कार्यसूचीअन्तर्गत रहेर कलेजले अनलाइन परिक्षा प्रणालीमै टाइम बाउन्ड होम एग्जाम संचालन गरेको थियो ।

अर्कोतिर फेसन डिजाइनिङ सिकाइमै कहलिएको आईसी कलेज अफ आर्ट एण्ड फेसनले भने औपचारिक फेसन सिकाइ संचालनलाई अनलाइन माध्यममार्फत् आंशिक मात्र संचालनमा ल्यायो । आईसीले यो अवधिमा संख्यात्मक रुपले धेरै फेसन वेभिनार संचालन गरेर आफ्ना विद्यार्थीहरुलाई फेसन सिकाइ सम्बन्धित अपडेटेड ज्ञान र जानकारी प्रदान गरेर उनीहरुलाई अझ जागरुक, सशक्त, सुसूचित बनाउने कार्यमा केन्दि«त रह्यो । यो अवधिमा आईइसीले फेसन र मोडलिङ क्षेत्रका अनुभवी र विज्ञ व्यक्तिहरुको फेसन सम्बन्धित विभिन्न विषयमा जानकारी मूलक फेसन वेभिनार संचालन ग¥यो । जसमा सस्टेनेबल फेसन, फेसन स्टाइलिङ, डिजाइन मेनेज्मेन्ट, फेसन तथा टेक्स्टाइल क्षेत्रमा कोरोनाको प्रभाव र अबको उपाय, फेसन उद्यमशीलता, अर्गानिक फेसनलगायतका विभिन्न विषयमा फेसन वेभिनार संचालन गरिएको थियो ।

फोटो सेसनमा नयाँ प्रयोग

लकडाउनको प्रतिकूल अवस्थामान नयाँ प्रयोग गर्ने क्रममा ग्ल्यामर फोटोग्राफर मिलन लामाले भने अनलाइन फोटोसेशन अवधारणामा भर्चुअल फोटोशुटलाई सफलतापूर्वक सम्पन्न गरे । जसको परिणाम पनि निकै सराहनीय रह्यो । उनले भर्चुअल फोटोशुटलाई आईफोनमा रहेको फेशटाइम सुविधालाई प्रयोग गरी सम्पन्न गरेका थिए । मिलनको यो एक्सक्लुसिभ फोटोशुटमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, गायिका तृशाला गुरुङ, मोडलहरु प्रियंका रानी जोशी, सोनी श्रेष्ठ, लुमन्ति शाक्य, मोनिका र मोनिशा कर्माचार्य, धुसाङ लामा, आर्हान्ट गुरुङ आदिका विभिन्न अवतारहरु क्याप्चर गरिएका थिए ।

नौलो प्रयास र प्रयोगमा भर्चुअल इभेन्टहरु

समय परिस्थितिको प्रतिकूलता र त्यसैमा सामान्जस्यता अँगाल्दै अन्तर्राष्ट्रिय परिवेशमा जस्तै नेपाली परिवेशमा पनि सौन्दर्य तथा मोडल प्रतिस्पर्धामा भर्चुअल अवधारणाको विकास भएको देखियो । यो विषयमा सबैभन्दा ठूलो खबर बन्यो, ‘मिस युनिभर्स नेपाल २०२०’ । प्रथमतः यो आयोजना संगै नेपाली सौन्दर्य प्रतियोगिताको क्षेत्रमा ब्रेभ बोल्ड एण्ड ब्युटीफुल नामक नयाँ संस्थाको जन्म भयो । यसका संस्थापक हुन् प्रथम मिस नेपाल युनिभर्स नेपाल नगमा श्रेष्ठ । यो संस्थाले गत जुलाई ११ मा डिजिटल प्रेस कन्फेन्स गरी अल इन एप डिजिटल प्याजेन्टका रुपमा मिस युनिभर्स नेपाल २०२० को घोषणा गरेको थियो । यो प्रतियोगिताअन्तर्गत मुख्य प्रतिस्पर्धा बाहेक सबै छनौट कार्यहरु अनलाइन प्रक्रिया अन्तर्गत भर्चुअल प्लेटफर्ममै सम्पन्न भएको थियो । आधारभूत प्रशिक्षणको कार्य पनि अनलाइन नै सम्पन्न भएको थियो । जसअन्तर्गत विभिन्न टास्क, भिडियो प्रस्तुतीकरण, अनलाईन अन्तर्वाता लगायतबाट उत्कृष्ट ५०, उत्कृष्ट २४ हुँदै अन्तिम १८ जना प्रतिस्पर्धीहरुले ग्राण्ड फिनालेमा प्रवेश प्राप्त गरेका थिए ।

सन् २०२० डिसेम्बर महिनाको ३० तारिख अर्थात् गत पौष १५ गते बुधबार मिस युनिभर्स नेपाल २०२० चयन प्रक्रिया काठमाडौंको नक्साल स्थित काठमाडौं मेरियट होटलमा सम्पन्न भएको थियो । जसमा विजेताको ताज पहिरिन सफल भएकी थिइन् २४ वर्षिया अंशिका शर्मा । अपाला ज्वेलर्सले डिजाइन एवं निर्माण गरेको १५ लाख मुल्य पर्ने ताज मिस युनिभर्स नेपाल २०२० ताज सहित अंशिकाले नगद पुरस्कार रु दश लाख पनि प्राप्त गरिन् । यो नेपालको सौन्दर्य प्रतियोगिताको परिवेशमा हालसम्मकै सर्वाधिक ठूलो पुरस्कार राशी हो । प्रतियोगिता अन्तर्गत टप टेन भित्र पर्नेहरुमा पब्लिक भोटिङबाट अग्रस्थानमा रहेका चार जना प्रतिस्पर्धीहरु छनौट भएका थिए भने टप फाइभ छनौटमा लाइभ अडियन्सको पब्लिक भोटिङबाट दुई जना प्रतिस्पर्धीले आफ्नो स्थान सुरक्षित बनाएका थिए । अन्य उपाधि विजेताहरु पनि पब्लिक भोटिङका आधारमा भएको थियो । जसका लागि मिस युनिभर्स नेपालको एप तथा खल्ती एप मार्फत् पब्लिकबाट प्राप्त मतलाई निर्णयको आधार मात्र मानिएको थियो ।

कोरोनाको महामारी र लकडाउनका ‘मि.एण्ड मिस भर्चुल रनवे मोडल अफ द इयर’ शीर्षकमा संभवतः नेपालमै पहिलो पटक अनलाइन मोडल प्रतियोगिताको अवधारणा प्रस्तुत भयो । यसलाई नेपालकै प्रिमियर मोडलिङ एजेन्सी, द ¥याम्प फेसन एण्ड मोडलिङ एजेन्सीले अगाडि ल्याएको थियो ।
‘मि.एण्ड मिस भर्चुल रनवे मोडल अफ द इयर’ मा सहभागिता जनाउनका लागि इच्छुक महिला तथा पुरुषले आफ्नो उत्कृष्ट ¥याम्प वाकको भिडियो बनाएर सम्बन्धित इमेल ठेगानमा पठाउनु व्यवस्था गरिएको थियो । आवेदकले आफ्नो ¥याम्प वाकको भिडियो बनाउँदा स्टालिइस फेसन पहिरन लगाएको हुनुपर्ने तथा भिडियो बढीमा तीन मिनेटको हुनुपर्ने प्रावधान थियो । अनलाइन भोटिङ र सम्बन्धित क्षेत्रका निर्णायकहरुको मुल्यांकनबाट विजेता निक्र्यौल गर्ने व्यवस्था गरिएको थियो । । अनलाइन मोडलिङ प्रतियोगिताकै रुपमा ढाका इभेन्टस्ले पनि ‘फेस अफ लकडाउन’ शीर्षकमा प्रतियोगिता संचालनमा ल्याएको थियो ।

अनलाइन अवधारणामै आधारित रहेर सिजन मिडया प्रा.लि.ले विवाहित महिलाहरुमा लक्षित गरेर मिसेस् नेपाल लक डाउन ट्यालेन्ट हन्ट नामक प्रतियोगिता संचालनमा ल्यायो । नेपाली परिवेशमा टिकटिकको प्रयोग र लोकप्रियता बढ्दै गएसंगै यसलाई आधारित रहेर चितवनस्थित द जिएमआई नामक संस्थाले मिष्टर एण्ड मिस टिकटक नेपाल नामक प्रतियोगिता नै संचालनमा ल्याएको थियो । ।

अनलाइन भोटिङमा नै केन्दि«त भएर मेकअप तथा हेयर स्टाइलिङ र फोटोजेनिक फेश चयन गर्ने विभिन्न प्रतियोगिताहरु पनि यो अवधिको संचालनमा आएको पाइयो । सौन्दर्य र मोडलिङ प्रतियोगिता आयोजना गर्दै आएका कतिपय संस्थाहरुले मूलतः नृत्य, गायन र अभिनयलाई केन्दि«त गरेर अनलाइन प्रतियोगिताहरु यो अवधिमा प्रस्तुत गरेको देखियो ।

त्यसो त लकडाउनकै अवधिमा पनि सीमित दर्शक संख्याको उपस्थितिमा पनि केही सौन्दर्य प्रतियोगिताहरु संचालनमा नआएका होइनन् । एकाध प्रतियोगिताले भर्चुअल प्रशिक्षण पश्चात् एक साताको आवासीय प्रशिक्षण दिएर आयोजक संस्थाका सदस्यहरु, प्रतिस्पर्धीका अविभावक तथा निर्णायकहरुको मात्र उपस्थितिमा पनि प्रतियोगिता सम्पन्न गरेको थियो । राजधानी केन्दि«त ती कार्यक्रमहरु नगरकोट, गोदावरी र गोकर्ण लगायतका क्षेत्रको रिसोर्टहरुमा प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया