मंगलबार, चैत ६, २०८०

सोमालियामा १७ लडाकू मारिए

नेपालखोज २०७९ भदौ ३ गते १७:०८

मोगादिसु । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीका क्रममा बिहीबार उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । मारिएका सबै जना अल शबाब समूहका लडाकू भएको जनाइएको छ ।

सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारबाही चलाइएको हो । सोमालियामा यस बर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीहरुले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दावी गर्दै आएको छ । त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरुलाई सो समूहले आक्रमण गरेको थियो । रासस

प्रतिक्रिया