अंकुरी महादेव मन्दिरमा साठी किलोको बसाहा
नेपालखोज
२०७९ भदौ ४ गते १४:३४

सप्तरी । श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।
तिलाठी कोइलाडी गाउँपालिका ६ का उपेन्द्र यादवले आमाको संकल्प पूरा गर्न बसाहा स्थापना गरे । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज-हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका २ मा पर्छ ।
अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताए । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।-रासस
सम्बन्धित

प्रतिक्रिया