कांग्रेस नेता गिरिको अन्त्येष्टि आजै

काठमाडाैं । उपचारकाे क्रममा शनिबार निधन भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिकाे आजै अन्त्येष्टि गरिने भएकाे छ ।
नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै आइतबार पशुपति आर्यघाटमा गिरिको पार्थीव शरीरको अन्त्येष्टि गरिने जनाएका छन् । त्यसअघि उनको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ ।
बिहान साढे ११ देखि २ बजेसम्म भने पार्टी मुख्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने कार्यक्रम तय भएको सचेतक विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराईनजिकका नेताका रूपमा चिनिन्थे । पछि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।

प्रतिक्रिया