‘हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायाैं’

नेपालखोज २०७९ भदौ ५ गते ७:५८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै लेखेकी छन् समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ । उनको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं । ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया