राष्ट्र बैंकद्वारा पुुनः १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ भदौ ५ गते १८:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने भदौ सात गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज चार गते, २०७९ मंसिर छ गते, २०७९ फागुन नौं गते र २०८० भदौ पाँच गते तोकिएका छन् ।

राष्ट्र बैकका अनुसार यि ट्रेजरी पुरानो नविकरण अन्र्तगत रहेका छन् । यसअघि यही साउन ३० गते पनि राष्ट्र बैकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया