मंगलबार, पुष ८, २०८२

नेको इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व : कृषकहरुलाई फलफूल खेती सम्बन्धी तालिम सम्पन्न

नेपालखोज २०७९ भदौ ५ गते १९:२९

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आव २०७९–०८० मा नेकोको अभियान : कृषिमा योगदान भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको घरदैलोमा पुगिरहेको छ ।

विशेष गरी साना किसानहरु जस्ले सानो खेती, थोरै पशुधनबाट आफ्नो जीविकोपार्जन गरी रहेकाहरुको कुुनै दैवीप्रकोप वा रोग÷किराबाट खेती वा पशुुधनको नोक्सानी भएमा क्षतिपूूर्ति दिने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको हो ।

यसै सिलसिलामा कम्पनीले कृषकहरुलाई आधुुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुुट (सिउँडी फल) र एलोवेरा (घ्यूूकुमारी) खेतीबाट आम्दानी गर्ने तरिका सम्बन्धी जानकारीमूलक कार्यक्रम यहि भाद्र तीन गते सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा औरही गाउँपालिका र सुुखीपुुर नगरपालिका समेतका करिब दुई सय जना कृषकहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अशोक कुुमार खड्का लगायतका विज्ञहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले यस कार्यक्रमबाट खेती गर्ने नयाँ तरिका लगायत आफ्नो मिहेनतबाट आम्दानी गरी आत्मनिर्भर हुुन सक्ने सीपको वारेमा जानकारी पाएकोले कार्यक्रम प्रभावकारी रहेको प्रतिकृया दिएका थिए ।

प्रतिक्रिया