नवनियुक्त राजदूतको शपथ
नेपालखोज
२०७९ भदौ ५ गते १९:४१

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आज आयोजित समारोहमा उनीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा डा ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया