गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्दै संसद्

नेपालखोज २०७९ भदौ ६ गते ६:०७

काठमाडौं । नेपाली कांग्रेस तर्फबाट प्रतिनिधिसभा सदस्य प्रदीप गिरिकाे निधनमा संसद्का दुवै सदनले शोक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बस्ने बैठकले साे प्रस्ताव प्रस्तुत गर्ने जनाएका हुन् । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुनेछ ।

यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सांसदसमेत रहेका कांग्रेस नेता गिरिकाे उपचारका क्रममा शनिबार राति निधन भएकाे थियाे ।

प्रतिक्रिया