कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय मंगलबार

नेपालखोज २०७९ भदौ ६ गते ६:४६

काठमाडाैं । सर्वोच्च अदालतले हिजाे सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला भाेलि (मंगलबार) सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गतेका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

प्रतिक्रिया