एउटै घोषणा पत्रमा चुनाव लड्न प्रचण्ड-माधव सहमत, पार्टी एकता चुनावपछि
नेपालखोज
२०७९ भदौ ६ गते १४:४८

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले आगमी निर्वाचनका लागि एउटै घोषणा पत्र बनाउने भएका छन् ।
दुवै पार्टीका अध्यक्षको सोमबार भएको छलफलमा एउटै घोषणा पत्र लिएर चुनावमा सहभागि हुने सहमति भएको हो । दुई पार्टीले निर्वाचन अघि एकता संयोजन समिति घोषणा गर्ने भएका छन् । चुनावअघि पार्टी एकताका लागि समय नपुग्ने भएकाले एकता संयोजन समिति घोषणा गर्ने तयारी भइरहेको माओवादीका एक नेताले बताए ।
छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगमी ४ मंसिरमा हुँदै छ ।
सम्बन्धित

प्रतिक्रिया